अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको चुनाव नगरी प्रतिनिधीसभाको चुनाव गर्छु भन्नु धुत्याईंपूर्ण गफ : रिमाल

स्थानीय तहको चुनाव नगरी प्रतिनिधीसभाको चुनाव गर्छु भन्नु धुत्याईंपूर्ण गफ : रिमाल



काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले गठनबन्धनले प्रतिनिधिसभा विघटन गरेर संघीय संसदको चुनाव गराउनु व्यवहारिक हुने भन्दै गरेको तर्कलाई एमालेले पत्याइदिनु पर्ने भन्ने प्रश्न गर्नुभएको छ ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको छलफल सकिए लगत्तै रिमालले सामाजिक सञ्जालमा यस्तो प्रश्न गर्नुभएको हो ।
रिमालले गतबर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशमा जाने निर्णय गर्दा दुई दुई पटक मुद्धा हालेर एक दिन समय रहँदासम्म पनि प्रतिनिधीसभा भंग गर्न नहुने भनेर गराइएको फैसला विपरित यतिखेर पहिले प्रतिनिधीसभाको चुनाव भन्ने धुत्याईंपूर्ण गफलाई पत्याइदिनु पर्ने भनेर प्रश्न गर्नुभएको छ ।
रिमालले बैशाख भित्र स्थानीय तहको निर्वाचन नहुँदा संविधान उल्लंघन हुने र कानुन मिचिने कुरा स्मरण गराउँदै यतातिर चासो नराखी प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव गर्छौं भन्नु धुत्याईंपूर्ण गफमात्र भएको उल्लेख गर्नुभएको छ ।