अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड विसर्जनवादी यात्राको अन्तिमतिरः गोकुल बास्कोटा

प्रचण्ड विसर्जनवादी यात्राको अन्तिमतिरः गोकुल बास्कोटा


काठमाडौं– एमाले नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विसर्जनवादी यात्रातिर रहेको बताउनुभएको छ ।

‘संसारभर नै बुलेटबाट उदाएका उग्रवामपन्थीले भोगेरै छोड्ने दक्षिणपन्थी विसर्जनवादी यात्राको सकसपूर्ण तर अन्तिम खुट्किल्लोमा छन् प्रचण्ड। जनतामा हैन विदेशीमा भर, सिद्धान्त र संगठनमा होइन गठबन्धन र षडयन्त्रमा जोड,’ बास्कोटाले शुक्रबार बिहान फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो भएपछि हरेक बुलेट ब्यालेटसँग भाग्छ। शून्यतामा शक्ति आर्जनको सपना नदेख।’

स्थानीय चुनाव रोकेर प्रदेश र केन्द्रको चुनावमा गठबन्धन उद्धत भइरहेकाबेला बास्कोटाको भनाइ आएको हो ।