काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गर्नुभएको छ ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिनुभएको हो ।
प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाउनु भएन ।
आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोक्ने बारे सहमति जुटिसकेको छैन ।
प्रतिक्रिया