अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सहभागी नहुने ‘सर्वदलीय’ बैठक आज पनि

एमाले सहभागी नहुने ‘सर्वदलीय’ बैठक आज पनि


काठमाडौं- स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोालउनुभएको छ ।

बिहान साढे ९ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा एमाले सहभागी नहुने उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताउनुभयो । नेपाल सहित १४ जना सांसदमा गत साउनमा नै एमालेले कारबाहीको सिफारिस गरेको भए पनि सभामुखले कानुन विपरीत कारबाही नगरेकोले बैठकमा एमाले सहभागी नहुने नेम्वाङले बताउनुभयो ।

गठबन्धनमा स्थानीय तहको निर्वाचन पहिला कि संघीय निर्वाचन भन्ने विवाद टुंगिएको छैन । प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय अघि संघको निर्वाचन गर्ने सहमति बताएको निकटस्थहरुको दाबी छ ।

जनमोर्चा, नेमकिपालगायतका दलले भने एमालेसहितको सहमति गर्न प्रधानमन्त्री पटक पटक चुकेको बताउँदै आएका छन् ।