अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज देशका विभन्नि भागमा बर्षा र हिमपात हुने,सर्तक रहन विभागको आग्रह

आज देशका विभन्नि भागमा बर्षा र हिमपात हुने,सर्तक रहन विभागको आग्रह


काठमाडौं -आज देशभर विभिन्न स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज १० ११ बजेदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। साथै देशका बाँकी प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि छ।

बुलेटिनअनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यस्तै आज राति , कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बुलेटिनमा जानकारी दिइएको छ। साथै देशका बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।