अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पा प्रतिस्पर्धामा

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पा प्रतिस्पर्धामा


विराटनगर- राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् ।

१२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

एमालेका तीनै जना उम्मेदवार राजनीतिक बिरासत बोकेका हुनुहुन्छ ।

२०४८ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका बराल मदन भण्डारीसँग निकट रहेर काम गरेका नेता हुनुहुन्छ ।

भण्डारी झापाको महिला आन्दोलनकी अगुवा तथा शेर्पा सोलुको नाम्चेमा रहेर वन, पर्यावरण र महिला सशक्तिकरणमा काम गरेका व्यक्तित्व हुनुहुन्छ ।