अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहका जनप्रतिनिधीलाई ‘काम चलाउ’ बनाएर मंसिरमा निर्वाचन गर्ने गठबन्धनको तयारी

स्थानीय तहका जनप्रतिनिधीलाई ‘काम चलाउ’ बनाएर मंसिरमा निर्वाचन गर्ने गठबन्धनको तयारी


काठमाडौं -स्थानीय तहका जनप्रतिनिधीलाई ‘काम चलाउ’ बनाउँदै मंसिरमा निर्वाचन गर्ने सत्तारुढ गठबन्धनले तयारी थालेका छन् । तीन चरणमा निर्वाच्न भएकोले हरेकलाई आफ्नो कार्यकाल सकिएपछि स्वत कम चलाउन हुने कानुनी प्रवन्ध गर्ने गरी ऐन संसोधनको तयारी थालेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार बैशाख ३१ गते निर्वाचन भएकाहरुको ६ महिना कातिकमा पुग्छ । त्यसैले कातिकको अन्तिम हप्ता वा मंसिरमा निर्वाचन गर्ने तयारी छ । असोज २ गते निर्वाचन भएका दुई मधेस प्रदेशका स्थानीय तहका जनप्रतिनिधीले दुई महिना काम चलाउ भएर मंसिरमा निर्वाचनमा सहभागी हुनेछन् । ‘काम चलाउ’ स्थानीय जनप्रतिनिधीले के गर्न पाउने,के नपाउने भन्ने बिषयमा गठबन्धनले कानुनविदहरुसँग थप छलफल गर्ने तयारी गरेका छन् ।
पूर्व महान्यायधिवक्ता रमण श्रेष्ठका अनुसार अवधी सकिएका जनप्रतिनिधीलाई ‘काम चलाउ’ बनाउने भन्ने बिषयमा सहमती भइसकेको छ । श्रेष्ठका अनुसार यसको पूर्ण मोडालिटी केही दिन भित्र आउनेछ ।