अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे

स्याङ्जामा सेवा लिन खोप कार्ड अनिवार्य गरेसँगै खोप लगाउने बढे


स्याङ्जा – स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ ।

जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो । अहिले जिल्लावासीलाई पायक पर्ने गरी गल्याङ नगर अस्पताल, गहौं प्राथमिक अस्पताल वालिङ र शहरी स्वास्थ्य क्लीनिक पुतली बजार–१ मा नियमित खोप लगाउने  ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई खोप कार्ड अनिवार्यसम्बन्धी सूचना पाए लगत्तै पहिला नलगाएका मानिस पनि खोप लगाउन स्वास्थ्य संस्थाहरुमा आउनेक्रम तुलनात्मकरुपमा बढेको प्रमुख शर्माको भनाइ थियो । खोप लगाउन डराउने, लगाएर के हुन्छ र रु भन्नेहरु अहिले सेवा नै नपाइने हो की भन्ने चिन्ताले पहिलो मात्रा खोप लगाउन अस्पताल आउने गरेका वालिङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

‘पहिला थोरै सङ्ख्यामा मानिस खोप लगाउन आउँथे’ उहाँले भन्नुभयो, ‘खोप कार्ड अनिवार्य गरेसँगै अहिले दैनिक एकसयभन्दा धेरै मानिस कोभिड १९ को पहिलो मात्रा लगाउन आइरहेका छन् ।” गहौं प्राथमिक अस्पतालमा अहिले १२ वर्षदेखि माथिका सबैलाई बिदाको दिनबाहेक हरेक दिन पहिलो र दोस्रो मात्रा खोप नियमित लगाईदिने गरिएको उहाँले जानकारी दिनुभयो।

उता गल्याङ नगर अस्पतालमा पनि अहिले दैनिक १०० भन्दा बढी मानिस खोप लगाउन आउने गरेका अस्पताल प्रशासक थानापति न्यौपानेले बताउनुभयो । ‘खोप लगाउने  सकिन लाग्यो भन्ने भएको थियो’, प्रशासक न्यौपानेले भन्नुभयो, ‘तर डराएर नलगाएका, थाहा नपाएर नलगाएका, लगाएर के नै हुन्छ र भन्नेहरु अहिले नगरपालिका तथा अन्य कार्यालयमा सेवा लिन जाँदा नपाइएला भन्ने चिन्तले खोप लगाउन आएका छन् ।’

पहिला नै खोप किन लगाउनु भएन भनेर केहीलाई सोध्दा ‘गाउँतिरै बसिन्छ, बजारतिर खास्सै झरिन्न, यसै चलिराछ र चल्छ भन्ने जस्ता प्रतिक्रिया आउने गरेको थियो’, उहाँको भनाइ थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणदर जिल्लामा बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गर्न निर्देशन दिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, नेपाल सरकार गृह मनत्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकको निर्णयसँगै जिल्ला सुरक्षा समितिले  गत शुक्रबारदेखि सेवाग्राहीले अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण हेर्ने गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । सेवा प्रदायक निकायमा सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएसँगै खोप अभियान थप प्रभावकारी भएको उहाँको भनाइ थियो । सेवाग्राहीले खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० अनिवार्य देखाउने व्यवस्थालाई कडाइका साथ लागू गर्नाका साथै सेवा प्रदायक निकायले आफ्नो हाताभित्र भएको खुल्ला स्थानको अधिकतम उपयोग गरी सकेसम्म खुल्ला स्थानबाट सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि प्रशासनको सेवा बन्द

जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै त्हाबाट प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज ९सोमबार० देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो । कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा÷अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था दर्ता/नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताउनुभयो ।

Skip This