अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा आज पनि हिमापात र वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पनि हिमापात र वर्षाको सम्भावना


काठमाडौं -देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
आज राति पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मनाङ, मुस्ताङ, सोलुखुम्बुल, हुम्लालगायत जिल्लामा लगातारको हिमपातका कारण तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल झरेको छ । तापक्रम न्यून हुँदा जनजीवन समस्यामा परेको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ४ ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो काठमाडौंको तापक्रम १३ देखि १५ डिग्री सेल्सियससम्म रहनेछ ।

“काठमाडौंमा वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही स्थानमा अपराह्न्नपछि वर्षा हुने सम्भावना छ,” मौसमविद् शाक्यले भन्नुभयो ।”