अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाबुरामलाई क्वीस्लिङसँग तुलना गर्दै बास्कोटाले भन्नुभयो, ‘जो शक्ति हत्याउन लागेको छ’

बाबुरामलाई क्वीस्लिङसँग तुलना गर्दै बास्कोटाले भन्नुभयो, ‘जो शक्ति हत्याउन लागेको छ’


काठमाडौं– नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले जसपा नेता बाबुराम भट्टराईलाई क्वीस्लिङसँग तुलना गर्नुभएको छ ।

बास्कोटाले राजनीतिक शून्यता सृजना गरेर भट्टराई शक्ति हत्याउने दाउमा कोही हात धोएर लागेको बताउनुभएको छ । ‘राजनीतिक शून्यता सृजना गरेर शक्ति हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा। भट्टराई भन्ने नेपाली क्वीस्लिङ रहेछन्,’ बास्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘क्वीस्लिङ ती पात्र हुन् जस्ले हिट्लरसँग मिरेर आफ्नै देशमाथि आक्रमण गर्न लगाएर नर्वेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए ।’

स्थानीय तहको चुनाव सारेर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको एमालेले जिकिर गर्दै आएको छ ।