अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको विवादास्पद अभिव्यक्ति– ‘स्थानीय चुनाव २०७९ चैतसम्म गर्न सकिन्छ’

माधव नेपालको विवादास्पद अभिव्यक्ति– ‘स्थानीय चुनाव २०७९ चैतसम्म गर्न सकिन्छ’


काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनबारे विवादास्पद अभिव्यक्ति दिनुभएको छ । उहाँले अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताउनुभएको छ ।

रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने भए पनि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकोले त्यसैलाई आधार मानेर अर्को चैतसम्म चुनाव गर्नुपर्ने बताउनुभयो ।