अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको लैंगिक जनसंख्या पुरानै ढाँचामा, पुरुष भन्दा ७ लाख बढी महिला

नेपालको लैंगिक जनसंख्या पुरानै ढाँचामा, पुरुष भन्दा ७ लाख बढी महिला


काठमाडौं -नेपालमा विगतमा जस्तै पछिल्लो दशकमा पनि पुरुषको भन्दा महिलाको संख्या बढी देखिएको छ ।
२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सावर्जनिक गर्दै केन्द्रीय तथ्यांक् विभागले जनाए अनुसार पुरुष भन्दा महिलाको जनसंख्या ७ लाख बढी छ । जहाँ महिलाको जनसंख्या १करोड ४९ लाख १ हजार १ सय ६९ छ भने पुरुषको १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना रहेको छ । महिलाको जनसंख्या ५१ प्रतिशत र पुरुषको ४९ प्रतिशत देखिएको छ ।

२०६८ सालको जनगणना भन्दा १४ लाख ४२ जहार २ सय ७० जना पुरुषहरु थपिएका छन् भने १२ लाख ५५ हजार ७सय ६ जना महिला थपिएका छन् । पुरुषको वृद्धीदर ११.२२ र महिलाको ९.२० प्रतिशत रहेको छ ।