अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रित्तिदै पहाड र हिमाल, ३२ जिल्लाको जनसंख्या घट्यो

रित्तिदै पहाड र हिमाल, ३२ जिल्लाको जनसंख्या घट्यो

रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुममा सबभन्दा बढी जनसांख्यिक क्षति


काठमाडौं– नेपालका पहाड र हिमाल क्रमशः रित्तिने क्रम बढ्दै गएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्लो दशकमा थप हिमाल र पहाडका ३२ वटा जिल्लाको जनसंख्या ऋणात्मक अवस्थामा देखिएको छ । अघिल्लो दशकमा यो संख्या २७ वटा थियो ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार प्रदेश नं १ का तीनवटा सहित पाँचवटा जिल्लाको जनसंख्या ऋणात्मक वृद्धिद्धदर १ प्रतिशत भन्दा बढी छ । ऋणात्मक वृद्धिदर भनेको त्यहाँ जन्मने भन्दा मर्नेको संख्या र बसाइ सरेर आउनेको भन्दा बसाईं सरेर जिल्ला बाहिर जानेको संख्या बढी हुनु हो । तर यहाँ जन्मदर र मृत्यूदर भन्दा बसाईं सराई हाबी भएको कारण ऋणात्मक वृद्धिदर देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार सबभन्दा रामेछापमा सबभन्दा बढी जनसंख्या घटेको छ । अघिल्लो दशकमा त्यहाँ २ लाख २ हजार ६ सय ४६ जना मानिसको बसोबास थियो भने यो दशकमा १ लाख ७० हजार ६ सय २० जना मानिस मात्र बसोबास गरेका छन् ।

रामोछापको जनसंख्या वृद्धिदर –१.६५ प्रतिशत रहेको छ । यस्तै गरी खोटाङमा अघिल्लो दशकमा २ लाख ६ हजार ३ सय १२ जनसंख्या भएकोमा यस बर्ष १ लाख ७५ हजार ३ सय ४० जनसंख्या रहेको छ । खोटाङको –१.५६ प्रतिशत रहेको छ । यस्तै गरी जनसंख्या घटेका अर्को जिल्ला मनाङ हो । जहाँ २०६८ सालमा ६ हजार ५ सय ३८ जनसंख्या थियो भने यो बर्ष घटेर ५ हजार ६ सय ४५ जना रहेको छ । यहाँको वृद्धिदर –१.४१प्रतिशत छ ।

भोजपुरको जनसंख्या २०६८ मा १ लाख २ हजार ४ सय ५९ जना रहेकोमा २०७ मा यो संख्या घटेर १ लाख ५८ हजार ९ सय ९१ पुगेको छ । यहाँको वृद्धिदर–१.३२ प्रतिशत रहेको छ । जनसंख्याको ठूलो क्षती भएको अर्को जिल्ला तेह्रथुम हो । जहाँको जनसंख्या २०६८ मा १ लाख १ हजार ५ सय ७७ थियो भने २०७८ मा ८९ हजार १ सय २५ मात्र रहेृको छ । यहाँको जनसंख्या वृद्धिदर –१.२६ प्रतिशत रहेको छ ।