अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि

थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।