अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा एमाले र कांग्रेसका उम्मेदवारको बराबरी मत

प्रदेश १ मा एमाले र कांग्रेसका उम्मेदवारको बराबरी मत


विराटनगर– प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गर्नुभयो बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गर्नुभयो ।

राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गर्नुभयो ।