अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते


बैतडी- बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

महेन्द्रनगरबाट पञ्चेश्वर आउँदै गरेकाे ना ६ ख २५७० नम्बरको रात्रिबस बिहीवार बिहान ५ः३० बजे पाटन–पञ्चेश्वर सडकखण्डको रौतगाउँमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घाइतेहरूकाे नामावली आएकाे छैन ।

बस सडकबाट २५ मिटर तल खसेकाे थियाे । बस के कति कारणले दुर्घटनामा परेकाे हाे, यस बारेमा अनुसन्धान भइरहेकाे छ ।