अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्तदातालाई अध्यक्ष ओलीको धन्यवाद

रक्तदातालाई अध्यक्ष ओलीको धन्यवाद


भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निवास नजिकै आयोजित रक्तदान कार्यक्रममा पुगेर रक्तदातालाई धन्यवाद दिनुभएको छ ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा ओली पुग्नुभएको हो । पाँच दिनपछि कोभिड संक्रमितबाट नसर्ने विज्ञको सुझावपछि अध्यक्ष ओली सतर्कता अपनाउँदै रक्तदान कार्यक्रममा पुग्नुभएको हो । उहाँसँगै पत्नी राधिका शाक्य पनि रक्तदानस्थल पुग्नुभएको थियो ।

उहाँहरुलाई कार्यक्रमस्थलमा एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेललगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

एमाले अध्यक्ष ओली कोरोना संक्रमण भएपछि घरमै आइसोलेशनमा बस्नुभएको छ ।