अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन


काठमाडौं – हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।

कोरोना महामारी तिब्र रुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि पाँच सदस्यीय समिति बनाएको हो ।

उक्त पाँच सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले दुई हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयो ।