अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले त्यसो भन्नुभएको छैनः नारायणकाजी

प्रधानमन्त्रीले त्यसो भन्नुभएको छैनः नारायणकाजी


काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोड्ने नभनेको दाबी गर्नुभएको छ ।

‘कुनै भ्रममा नपरौं प्रधानमन्त्रीले एमसीसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको विन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन। कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

एमसीसी पास नगरे प्रधानमन्त्री देउवाले गठबन्धनले तोड्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो ।