अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा कुष्ठरोग

झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा कुष्ठरोग


झापा- वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरूमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०७८र०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनामा कुष्ठरोग फेला परेका छ ।

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एकरएक जना कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो । उनीहरूको रोग पहिचानपछि उपचार सुरुवात भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्ु, उनले भने, यसका कारण उनीहरू कुष्ठरोगको जोखिम हुन्छ ।ु

जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये एकरएक बालक र बालबालिका छन् । कुष्ठरोग निर्मुल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रूपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरू पनि कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १० जना बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।

यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ ।

गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उनले भने, ुयस वर्षपछि तीनरचार जना रोगीलाई थप उपचारका लागि पठाइएको छ ।

जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ । जिल्लामा आव २०७५र०७६ मा २१२ , आव २०७६र०७७ मा १४० र आव २०७७र०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ ।

यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् । जिल्ला कार्यक्रम संयोजक पोखरेलले भन्नुभयो कोरोनाका कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्त रूपमा हाम्रो सम्पर्कमा आएका हुन् ।

जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मुल पार्नु चुनौतिपूर्ण काम हो ।