अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक-धुलिखेल सडक विस्तारको चार वर्ष: कतै चिल्लो सडक, कतै अझै धुलाम्मे (तस्बिरहरू)

सूर्यविनायक-धुलिखेल सडक विस्तारको चार वर्ष: कतै चिल्लो सडक, कतै अझै धुलाम्मे (तस्बिरहरू)


धुलिखेल-अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ। सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो। 

साँगा–धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो । सूर्यविनायक–साँगा सडकखण्डको काम करिब ५५ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म सक्नुपर्ने सम्झौता छ।

आयोजनाको बनेपा बजार क्षेत्रमा मापदण्ड विवादले निर्माण कार्य प्रभावित भएकोमा गत कार्तिकमा समस्या समाधान भएपछि अहिले काम जारी छ । निर्माण कार्य चलिरहेकाले कतिपय ठाउँमा चालक र यात्रुले धुलो र सवारी जामको समस्या भोग्नुपरेको छ।

default
default