काठमाडौं -नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
दिउसो १ बजे भक्तपुर स्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको निर्वाचनको तयारी,पार्टीको नियामवली,जनसंगठन सञ्चालन निर्देशिका निर्माण लगायतका विषयमा छलफल हुनेछ । यसैगरी विभागहरुको गठन,प्रदेश,जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल हुनेरिजालले जानकारी दिनुभयो ।
एमालेको केन्द्रीय सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ ।
प्रतिक्रिया