अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रशासनको आदेश विपरीत गाउँपालिका अध्यक्षद्वारा भोज

प्रशासनको आदेश विपरीत गाउँपालिका अध्यक्षद्वारा भोज


​​​​​​​सप्तरी – कोरोनाभाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश विपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोजको आयोजना गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोजको आयोजना गरेका हुन् ।

उहाँले पाँचवटा सभा गरेर सयौँ मानिसलाई भोजमा सहभागी गराएका हुन् । पाँच सभा भोजमा १० देखि २५ गाउँका मानिस सहभागी थिए । अध्यक्ष यादवको आमाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।