अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक सहसचिवका लागि ४ जनाको नाम सिफारिस

एक सहसचिवका लागि ४ जनाको नाम सिफारिस


काठमाडौं-सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै नेपाल लेखापरीक्षण सेवामा सहसचिव वा सो सरह श्रेणीको एक पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस गरेको हो।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने उक्त पदका लागि रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारीको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उनीहरूलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको हो।