अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीमा ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु

सुनसरीमा ट्रक र बस ठोक्किंदा ३ जनाको मृत्यु


सुनसरी- सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका(३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् ।