अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओली र दाहालको बैठक सुरु

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओली र दाहालको बैठक सुरु


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनको मिति र एमसीसीका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष ओली सत्ता बहिर्गमनपछिको ७ महिनापछि बालुवाटार जानुभएको हो ।

बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति छ ।