अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना घटेसँगै काठमाडौं उपत्यकामा आज देखि जोर विजोर प्रणाली हट्यो

कोरोना घटेसँगै काठमाडौं उपत्यकामा आज देखि जोर विजोर प्रणाली हट्यो


काठमाडौं -कोरोनाको संक्रमण घट्दै गएपछि दुई हप्ता अघि देखि काठमाडौं उपत्यकामा जारी जोर विजोर प्रणाली आजबाट हटेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।
फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।

तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।