अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा सत्यमोहन संस्कृतिविद् जोशीको स्वास्थ्य लाभको कामना

अध्यक्ष ओलीद्वारा सत्यमोहन संस्कृतिविद् जोशीको स्वास्थ्य लाभको कामना


काठमाडौं  – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ 

अध्यक्ष ओलीले एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्फत् सन्देश पठाउँदै जोशीको स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

ओलीको सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ आज बिहान जोशीलाई भेट्न किष्ट अस्पताल पुग्नु भएको थियो ।  जोशीसँग भेटको क्रममा श्रेष्ठले पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

भेटपछि श्रेष्ठले एमाले अध्यक्ष ओलीको सन्देश लिएर आफू जोशीलाई भेट्न आएको बताउनु भयो । जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनु भयो । चिकित्सकको टोलीले जोशीको फोक्सोमा जमेको पानी निकालिसकेकाले स्वास्थ्य अवस्था पहिलेको जस्तो जटिल नरहेको उहाँके भनाइ छ ।

मंगलबार छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पाटन बखुम्बहालस्थित निवासबाट अस्पताल लगिएको थियो ।