अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यव्यवस्था बैठक सुरु, एमाले गएन

कार्यव्यवस्था बैठक सुरु, एमाले गएन


काठमाडौं– सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी भएन ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ ।

एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।