अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीमा तीनजना एआइजी थप्ने सरकारको निर्णय

नेपाल प्रहरीमा तीनजना एआइजी थप्ने सरकारको निर्णय


काठमाडौं – सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) थप्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्नुभएको थियो ।

प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या प्रशासनतर्फ ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ । दरवन्दी थपिएसँगै प्रहरीमा प्रतिस्पर्धीबीच दौडधुप सुरु भएको छ ।

नेपाल प्रहरीमा एआइजीका लागि डिआइजी धिरजप्रताप सिंह, रबिन्द्र धानुक, उत्तम सुवेदी, गणेश ऐर, बशन्त पन्त र इश्वरबाबु कार्कीलगायत प्रतिस्पर्धी हुनुहुन्छ ।