काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको निरीक्षण तथा प्रभावित नागरिकसँग भेटघाट गर्न नुवाकोट पुगेका छन्।
अध्यक्ष ओली स्वयंसेवक टोलीसहित भदौ १९ गते शुक्रबार नुवाकोट पुगेका हुन्। अध्यक्ष ओलीले बाढीबाट प्रभावित विदुर नगरपालिका लगायतका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने तथा प्रभावित नागरिकसँग भेटेर उनीहरूको अवस्था बुझ्ने कार्यक्रम रहेको छ।
भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा जनधनको क्षति हुनुका साथै भौतिक संरचनामा समेत व्यापक असर परेको छ। सोही अवस्थाको प्रत्यक्ष जानकारी लिन तथा प्रभावितलाई आवश्यक सहयोग र राहत व्यवस्थापनबारे छलफल गर्न अध्यक्ष ओली प्रभावित क्षेत्रमा पुगेका हुन्।
निरीक्षणका क्रममा अध्यक्ष ओलीले स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सरोकारवालासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।










प्रतिक्रिया