अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सैनिक श्रीमती सङ्घद्वारा सहयोग वितरण

सैनिक श्रीमती सङ्घद्वारा सहयोग वितरण


काठमाडौं – सैनिक श्रीमती सङ्घले बिहीबार मोरङ जिल्ला, विराटनगर महानगरपालिका–८, बलुवाही अशोक चोकस्थित श्री विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका ६१ वृद्धवृद्धालाई तथा विराटनगर महानगरपालिका–५, हरिहर पथस्थित श्री पाणिनी संस्कृत विद्यालय (गुरुकुल) मा अध्ययनरत २५ जना विद्यार्थीलाई सहयोग स्वरुप डस्ना, सिरक, तन्ना, खोलसहितको सिरानी तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

उक्त सामग्री सैनिक श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले वितरण गर्नुभएको थियो । सो कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, श्री सैनिक श्रीमती सङ्घका पदाधिकारीको उपस्थिति रहेको छ ।

सौजन्य तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गीअड्डा

;