अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्ने बेला आयो : ज्ञानेन्द्र शाह

राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्ने बेला आयो : ज्ञानेन्द्र शाह


काठमाडौं -पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्नुपर्ने बेला आएको बताएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले पछिल्ला दशकमा राष्ट्रिय एकता संकटमा परेको र जनतामा निराशा छाएको भन्दै नेतृत्व र प्रणाली परिवर्तनका लागि सबै नेपालीले समीक्षा गर्ने बेला आइसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएको र अब पनि साथमा रहने बताउनुभएको छ । पूर्वराजा शाहले प्रणालीमाथि प्रश्न उठाउँदै सांकेतिक रुपमा राष्ट्रियता र राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्रमा जोड दिनुभएको छ ।

ुप्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ,ु उहाँले भन्नुभएको छ ,यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ ।ु

राष्ट्रियता बिनाको प्रजातन्त्र जनताको सुरक्षाको कवच र न्यायको छाता बन्न नसक्ने उनको भनाइ छ । प्रजातन्त्र आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गर्दै शाहले तर नेपालमा पछिल्लो समय बढ्‍दो विदेशी प्रभावमा प्रजातन्त्र चलेको संकेत गर्नुभएको छ ।

ुअरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन, उहाँले भन्नुभएको छ ।

पूर्वराजा शाहले प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने उल्लेख गर्दै भनेका छन्, त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।

अहिले प्रजातन्त्र ट्रयाकमा नरहेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने शाहको जोड छ ।अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ, विचारणीय प्रश्न छ,ु उनले ध्यानाकर्षण गराउनुभएको छ ।