अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन ७ नयाँ युगको आरम्भ विन्दु : अध्यक्ष ओली

फागुन ७ नयाँ युगको आरम्भ विन्दु : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ लाई नेपालको इतिहासमा नयाँ युगको प्रारम्भ विन्दुको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष ओलीले जहाँनीय राणा शासनको विरुद्ध चार सहिदको बलिादानीले नेपाललाई अन्धकारबाट उज्यालो युगमा अघि बढाएको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपालीहरुले फागुन ७ लाई नयाँ युगको आरम्भ विन्दुको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ ।

सहिदको बलिदानीबाट प्राप्त लोकतन्त्र र राजनीतिक स्वातन्त्रताको उपयोग गर्दै एमालेले सरकारमा हुँदा जनहितका थुप्रै काम सुरु गरेको अध्यक्ष ओलीको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले गरिबीबाट सम्पन्नतातिर,अविकासबाट विकासतिर,अव्यवस्थाबाट सुव्यवस्थातिर देशलाई अघि बढाउन सुरु गरेका बताउनुभएको छ ।

लोकतन्त्रको जगमा ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पुरा गर्न प्रयत्नरत भएकै बेला संविधानको गलल व्याख्याबाट एमालेलाई सरकारबाट हटाएको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले एमाले सरकारमा हँदा र नहुँदामा जनताका समस्या सम्बोधन गर्न कहिले पनि नचुक्ने प्रतिवद्धता जनाउनुभएको छ ।