अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको गृह नगरमा स्थानीय निर्वाचनको ‘क्लिन स्विप’ कार्ययोजना

अध्यक्ष ओलीको गृह नगरमा स्थानीय निर्वाचनको ‘क्लिन स्विप’ कार्ययोजना


दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा स्थानीय तहको निर्वाचनको तयारी थालिएको छ । अघिल्लो निर्वाचनमा प्रमुख,उपप्रमुख सहित १० मध्ये ८ वटा वडामा विजयी भएको एमालेले यस पटकको निर्वाचनमा ‘क्लिन स्विप’ गर्ने योजना बनाएको छ ।

एमाले दमक नगर कमिटीका सचिव ईन्द्र गुरुङका अनुसार त्यसका लागि पहिलो चरणमा नगरका सबै वडा र टोल कमिटीहरु परिचालन गरेर मत सर्वेक्षण गरिने भएको छ ।

गुरुङका अनुसार संगठन निर्माण र सुदृढिकरण अन्तरगत केन्द्रीय सदस्य सहितको प्रशिक्षक टोलीले पार्टी कार्यकर्तालाई संगठन निर्माणका विविध आयामका बारेमा जानकारी गराउने कार्यक्रम छ । आज प्रजातन्त्र दिवशका दिनबाट सुरु गरिने यो अभियान एक महिनासम्म सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो ।

प्रशिक्षणमा एमालेको नेतृत्वमा भएको दमक नगरपालिकाले विगत पाँच वर्षमा गरेका राम्रा र जनमुखी कामको जानकारी, एमालेको विधान र दशौं महाधिवेशनले पारित गरेका दस्तावेजहरुलाई जनताहरुले बुझ्ने गरी कसरी घरघरमा पुर्‍याउने भनेर कार्यकर्तालाई सिकाइने छ । यसैगरी यस क्षेत्रका साँसद पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दमकमा सुरु गरिएको विकास र सामाजिक सुरक्षाका कार्यक्रमहरुको जानकारी र तिनको अहिलेको अवस्थाका बारेमा समेत कार्यकर्तालाई प्रशिक्षित गरिनेछ । ‘एमालेलाई कसरी जनजनमा पुर्‍याउने भन्ने बारेमा हामी सबै वडाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन्छौं’ गुरुङले यो बेलासँग भन्नुभयो ‘अगुवा कार्यकर्ताले एमालेको लक्ष्य घरघर र जनजनमा पुर्‍याउनुहुनेछ ।’

नेकपा एमाले केन्द्रीय सदस्य एवं दमक नगरकी उपप्रमुख गीता अधिकारीका अनुसार यो प्रशिक्षण कार्यक्रम केन्द्रीय कमिटीको निर्णयको कार्यन्वयन हो । ‘पुष २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले वडा तहसम्म संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो’ अधिकारीले भन्नुभयो ‘त्यो निर्णयलाई हामी सबै वडाहरुमा लिएर जाँदैछौं ।’ आज वडा नं ७ बाट प्रशिक्षण कार्यक्रम सुरु हुदैछ ।

अधिकारीका अनुसार संगठन निर्माणसँगै यो स्थानीय चुनावको तयारी पनि हो । ‘एमाले सधैं जनताको घर दैलोमा गएकै छ’ अधिकारीले भन्नुभयो ‘तर स्थानीय चुनावको तयारीका लागि सञ्चालन गरिएको विशेष अभियान हो । एमालेले यसै अभियान मार्फत औपचारिक रुपमा बैशाख हुने स्थानीय चुनावको तयारी थालेको छ ।’

प्रशिक्षणका लागि एमाले दमकले केन्द्रीय सदस्य एवं दमक नगरका प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारी,जिल्ला अध्यक्ष दिपक कार्की लगायतका नेताहरुलाई परिचालन गरेको छ ।
कसलाई कुन वडाको जिम्मा :-