अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गीतकार भट्टराईको ‘भाग्य लेख्ने मसी’ को विमोचन

गीतकार भट्टराईको ‘भाग्य लेख्ने मसी’ को विमोचन


काठमाडौं – गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ को आज विमोचन सम्पन्न भएको छ ।

आज प्रजातन्त्र दिवसको दिन पारेर उहाँले आफ्नो सांगीतिक एल्बमको विमोचन गर्नुभएको हो । प्रमुख अतिथि गीतकार संघका पूर्व अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा र वरिष्ठ संगीतकार शक्ति बल्लभद्वारा एल्बमको विमोचन गर्नुभएको छ ।

उक्त एल्बममा गीतकार शान्तिराम भट्टराईका साथै संगीतकार शक्ति बल्लभ रहनुभएको छ भने  गायक-गायिकाहरुमा शिशिर योगी, प्राश्ना शाक्य, सुमित खड्का, रुपक डोटेल,निशान भट्टराई आदिको सुमधुर आवाज रहेको छ ।

रेडियो कान्तिपुरको सेलिब्रेटी आवर कार्यक्रमबाट उक्त सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ विमोचित गरिएको हो ।

उक्त एल्बममा पाँच वटा सुमधुर गीतहरु समावेश गरिएको छ । भाग्य लेख्ने मसी,एसेलुको बोट, आज मलाई यहि माटोमा, अनायासै मेरा हात र पिपलको शितल छायाले गरि पाँच वटा सांगीतिक कोसेलीहरु रहेका छन् ।