अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : बास्कोटा

जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ : बास्कोटा


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गर्नुभएको छ ।

‘मन्त्रीहरुले भोट हाल्ने, नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा !’ विवादित एवं बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले लिएको निर्णयप्रति लक्षित गर्दै उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ।’

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनुपर्ने निर्णय गरेको थियो ।