काठमाडौं– सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ ।
शनिबार बिहान बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो । ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उहाँले भन्नुभयो ।
एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ ।
प्रतिक्रिया