अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबुल गर्ने सहमतिप्रति झलनाथ खनालको कडा आपत्ति, माधव नेपालले जनतमाथि घात गरेको आरोप

एमसीसी टेबुल गर्ने सहमतिप्रति झलनाथ खनालको कडा आपत्ति, माधव नेपालले जनतमाथि घात गरेको आरोप


काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले योबेला डट कमसँग भन्नुभयो, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो ।

आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।