अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको यी हुन् तीन आपत्ति

एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको यी हुन् तीन आपत्ति


काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ ।

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।

खनालले गठबन्धनको निर्णयबारे तीन आपत्ति प्रकट गर्नुभयो ।

एक, एमसीसी संसदमा लगेर अनुमोदन गर्नुपर्ने आवश्यकै छैन ।
दुई, संविधानको धाराा २७९ बमोजिम संघीय कानून बनाएर मात्रै संसदमा लैजानुपर्छ ।
तीन, एमाले अवरोधले संसद चलेको छैन । अबरुद्ध संसदमा टेबुल गर्नु राम्रो होइन ।

खनालले गठबन्धनको निर्णय बचपना भएको टिप्पणीसमेत गर्नुभयो ।

खनालले पार्टी बैठकले एमसीसी टेबुल गर्ने निर्णय नगरेको दाबी समेत गर्नुभयो ।

खनालले यो बेला डट कमलाई भनेअनुसार पार्टी स्थायी कमिटी बैठकले तीन वटा निर्णय गरेको छ ।

एमसीसीबारे कार्यदलको रिपोर्ट सर्वसम्मत पास गर्ने ।
एमसीसी परिमार्जन नगरी अगाडि नबढाउने ।
केही कुरा गर्नुपरे सचिवालयले निर्णय गर्ने ।