अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु रिजालको टिप्पणी– ‘सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति पर्दाफास’

विष्णु रिजालको टिप्पणी– ‘सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति पर्दाफास’


काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको टिप्पणी गर्नुभएको छ ।

‘एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा ‘एमसीसी पारित गरिन्नु भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्यरअदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन,’ रिजालले फेसबुकमा टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ । तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन । मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ ।’