अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऊर्जामन्त्री भुसालसमक्ष प्रतिवेदन पेस

ऊर्जामन्त्री भुसालसमक्ष प्रतिवेदन पेस


काठमाडौं – विद्युत् नियमन आयोगका अध्यक्ष तथा सदस्यको कार्यक्षमताका विषयमा छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष र सदस्यको कार्यक्षमता अभाबका कारण आफ्नो काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्न नसकेको विषयमा उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत् नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७८ पुस ८ गते सो समिति गठन गरेको थियो ।