अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमपात छल्दै एमाले हुम्लाको जिल्ला अधिवेशन सुरु (फोटो फिचर)

हिमपात छल्दै एमाले हुम्लाको जिल्ला अधिवेशन सुरु (फोटो फिचर)


हुम्ला – हिमपातका बीच नेकपा एमाले हुम्लाको जिल्ला अधिवेशन सुरु भएको छ ।

हिमपातका कारण दुई पटक रोकिएको जिल्ला अधिवेशन यस पटक पनि हिमपात भएपछि रोकिने सम्भवाना थियो । तर हिजो देखि हिमपात केही रोकिएकोले अधिवेशन सुरु गरिएको कार्यवाहक जिल्ला अध्यक्षले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि स्थायी कमिटी सदस्य गोरख बोगटी हुनुहुन्छ । आज र भोली हुने अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ । अधिवेशनमा करीब तीन सय जना प्रतिनिधि छन् । बोगटीका अनुसार पुष २३ गते हुनुपर्ने जिल्ला अधिवेशन हिमपातका कारण रोकिएको थियो । त्यसपछि माघ २३ गतेका लागि तय भएको अधिवेशन पनि हिमपातका कारण रोकिएको हो । आजका लागि तोकिएको अधिवेशन पनि अस्ती देखि परेको हिमपातले अवरुद्ध हुने सम्भावना थियो । तर हिजो देखि हिमपात रोकिएकोल आज उद्घाटन सत्र सुरु भएको हो । हिमपातका क्षेत्रबाट आउने प्रतिनिधीहरु आउने क्रम जारी रहेको प्रेस चौतारीका नेता नवराज महताराले जानकारी दिनुभयो ।

तस्वीरहरूः नवराज महतारा/दल रावल