अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली ७१ वर्षमा, के छन् सम्झनलायक कुरा ?

एमाले अध्यक्ष ओली ७१ वर्षमा, के छन् सम्झनलायक कुरा ?


काठमाडौं– आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७१ औं जन्मदिन हो । २००८ साल फागुन ११ गते आठराई तेह्रथुममा जन्मनुभएका अध्यक्ष ओलीको पूरा जीवन संघर्षमा बितेको छ । जीवनको उत्तरार्धमा दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाउनुभएका अध्यक्ष ओलीले केही कीर्तिमान राख्न सफल हुनुभयो । नाकाबन्दीको सामना, पारवहन सम्झौता, ठूला विकास आयोजनाको सुरुवात, कम्युनिस्ट पार्टीलाई दुई तिहाइको बहुमतजस्ता कुराले उहाँलाई लामो समयसम्म सम्झिरहनुपर्ने भएको छ ।
प्रस्तुत छ अध्यक्ष ओलीको जीवनयात्राका केही बुँदा–

जन्म २००८ साल फागुन ११ गते आठराई तेह्रथुम

झापा बसाइसराईं २०१८ साल

मार्क्सवादी कार्यदलमा संगठित २०२३

पूर्णकालिन राजनीतिमा संलग्न २०२५ साल

नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त २०२६

पूर्णकालिन रुपमा भूमिगत जीवन सुरु २०२७

झापा आन्दोलन संगठन कमिटीको प्रमुख २०२८

राज्य विप्लवको १० पटक सम्म गिरफ्तार रिहा २०३०

राज्य विप्लव तथा ध्वंसात्मक गतिविधिको आरोपमा २०३० मा गिरफ्तार

चार बर्ष गोलघर सहित निरन्तर विभिन्न जेलमा १४ वर्ष कठोर काराबास

जेलमा रहँदै नेकपा (माले)को संस्थापक नेताको हैसियत प्राप्त

२०४४ सालमा रिहा र नेकपा मालेको केन्द्रीय सदस्य

२०४७ प्रजातान्त्रिक राष्ट्रिय यूवा संघको संस्थापक अध्यक्ष

२०४८ सालको निर्वाचनमा झापा ६ बाट संसद निर्वाचित

२०५० नेकपा (एमाले)का प्रचार विभाग प्रमुख सहित पोलिटव्यूरो सदस्य

२०५१ मा झापा ६ बाट सांसद निर्वाचित

२०५१ मनमोहन सरकारमा गृहमन्त्री

२०५६ झापा २ र ५ बाट सांसद निर्वाचित

२०५६ पार्टीको छैटौं महाधिवेशनबाट स्थायी समिति सदस्य निर्वाचित

२०५७ सातौं महाधिवेशनमा पार्टीका बहुपदीय प्रणालीको प्रस्ताव

२०६२ तत्कालिन माओवादीसँग भएको १२ बुंदे सम्झौताका मस्यौदाकार

२०६२÷२०६३ सालको जनआन्दोलनका नेतृत्वकर्ता

२०६३ सालको अन्तरिम सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री

२०६४ सालमा मृगौला प्रत्यारोपण

२०६४ सालको संविधानसभा निर्वाचनमा झापा ७ बाट पराजित

२०६६ सालको नेकपा (एमाले)को नवौं महाधिवेशनमा अध्यक्षमा पराजित

पहिलो संविधानसभाको सदस्य नभए पनि सधैं निर्णायक भूमिकामा

२०७० को संविधानसभा निर्वाचनमा झापा ७ बाट निर्वाचित

२०७० मा नेकपा (एमाले) को संसदीय दलको नेतामा विजयी

२०७१ माधवकुमार नेपाललाई हराउँदै तत्कालिन नेकपा एमालेको अध्यक्ष निर्वाचित

२०७२ सालमा १६ बुँदे सम्झौता मार्फत संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका

२०७२ सालमा प्रधानमन्त्रीमा निर्वाचित

२०७२ सालमा भारतीय नाकाबन्दीको डटेर सामना । देशमा स्वाभिमान र राष्ट्रिताको भावना जागृत

२०७२ भारतसँगको एकाधिकार तोडेर चीनसँग पारवाहन सम्झौता

नेपालीमा दुरगामी योजनाको घोषणा जस्तै रेल, पानी जहाज तराईका सदरमुकामा जोड्ने सबै सडकहरु ४ लेनको बनाउन सुरु

२०७२ नेपालबाट तुइन विस्थापन अभियान

२०७२ मा एमालेलाई राष्ट्रिय र जनजीविकाको एजेण्डामा नेतृत्वदायी भूमिकामा स्थापित

२०७३ सरकारबाट बहिर्गमन

२०७३ मेची महाकाली अभियान सञ्चालन

२०७४ स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो दलको रुपमा स्थापित

२०७४ तत्कालिन नेकपा माओवादी (केन्द्र)सँग चुनावी गठबन्धन

२०७४ झापा ५ बाट संसदमा निर्वाचित

२०७४ प्रधानमन्त्री पदमा दोस्रो पटक निर्वाचित

२०७५ तत्कालिन एमाले र माओवादी केन्द्र बीच पार्टी एकता

२०७५ नवगठित नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रथम अध्यक्ष चयन

२०७५ २० वर्षपछि नेपालको प्रधानमन्त्रीको हैसियतमा बेलायत फ्रान्सको राजकीय भ्रमण

२०७५ सामाजिक सुरक्षा कार्यक्रम सुरुवात

२०७६ पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउन सुरु

२०७६ सीके राउतलाई मुलधारमा ल्याउन सफल

२०७६ २३ बर्ष पछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण गराउन सफल

२०७६ नेपाल मै दोस्रो पटक मृगौलाको प्रत्यारोपण

२०७७ एसिड आक्रमण तथा बलात्कार र महिला हिंसा विरुद्धको अध्यादेश

२०७७ प्रतिनिधिसभाको विघटन, नयाँ निर्वाचन घोषणा

२०७७ प्रधानमन्त्रीका रुपमा कोरोना महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सफलता, कोरोना खोप पाउने नेपाल एसियामा दोस्रो मुलुक

२०७८ नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक निर्वाचित