अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भए खबर गर्नुस् : गृह मन्त्रालय

सामाजिक सञ्जालमा तस्बीर र भिडियो दुरुपयोग भए खबर गर्नुस् : गृह मन्त्रालय


काठमाडौँ – गृह मन्त्रालयले सुरक्षा निकायका तस्बिर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध कारबाही हुने जनाएको छ ।

यस्ता गतिविधिले समाजमा उत्तेजना र अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै मन्त्रालयले यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी वा प्रशासन कार्यालयमा खबर गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धीका भिडियो तथा तस्बिरहरू राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ ।

मन्त्रालयले त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।