अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल


भैरहवा – एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताउनु भएको छ ।

भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताउनु भएको हो ।

राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखाएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उहाँको भनाइ छ । 

नेता भुसालले घुस नखाने नेताहरूको पार्टी वा पार्टीहरू घुस नखाने मान्छेहरूको पार्टी बन्दिए भने देश विकास समृद्धि हुने बताउनु भयो ।