अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनप्रतिनिधीले राजिनामा दिनुपर्ने विषयले निर्वाचन आयोगको विश्वास घट्यो : विद्यासुन्दर शाक्य

जनप्रतिनिधीले राजिनामा दिनुपर्ने विषयले निर्वाचन आयोगको विश्वास घट्यो : विद्यासुन्दर शाक्य


काठमाडौं -महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको बताउनुभएको छ । ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’ शाक्यको भनाई छ ।
शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो वसन्तपुरमा झण्डा राख्न खोज्दा काँग्रेसले झण्डामा सूर्य चिन्ह रहेको रहेको भन्दै चुनाव अघि नराख्न दबाब दियो ।’
उहाँले भन्नुभयो, ‘जनताको मन छुने, महानगरबासीको दैनिकी सँग जोडिने काम पनि गरेको छु, यो अवधिमा धेरै परिणाममुखी काम भएको र त्यसले जनता खुसी हुँदा म पनि खुसी भएको छु ।’ फरक प्रसंगमा शाक्यले स्थानीय तहको उम्मेदवारका लागि राजीनामा दिनुपर्ने आयोगको आचारसंहिता प्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्ने बिषयले आयोगप्रतिको विश्वास घटेको छ ।’