अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको हावा फेरि प्रदूषित

काठमाडौंको हावा फेरि प्रदूषित


काठमाडौं- पश्चिमी क्षेत्रबाट आउने जलवाष्पयुक्त वायुसँग स्थानीय ‘कन्भेन्सनल प्रभाव’का कारण उपत्यकाको आकाश सोमबार धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार जमिन तातिएर स्थानीय वायु माथि चिसिएर बादल बनिने प्रक्रिया कन्भेन्सनल प्रभाव हो ।

काठमाडौंमा सोमबार हावाको गुणस्तर अस्वस्थ रहेको थियो । सोमबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स(एक्यूआई) १६७ थियो । सामान्यता: ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ ।

१५०भन्दा माथिलाई अस्वस्थ मानिन्छ । एक्यूआईको मान १५० देखि २०० सम्मको हुँदा संवेदनशील मानिसहरुलाई असर गर्ने विज्ञहरु बताउँछन् । २०१ देखि ३०० एक्यूआईले सबै उमेरसमूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि माथिको मानलाई आपत्कालीन अवस्था जनाउँछ ।