इटहरी- इटहरीको नवजागृत टोलमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् ।
थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
इटहरीका डिएसपी खगेन्द्र खड्काले घाइते दुवैको अवस्था सामान्य रहेको बताए ।
घटनास्थलबाट ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको छ ।







प्रतिक्रिया