अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको अनुमोदन आज

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको अनुमोदन आज


काठमाडौं- संघीय संसद्को संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठको नाम आज अनुमोदन गर्दैछ । समितिले आह्वान गरेको समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको हो ।

समितिको बैठकमा आमन्त्रण गरेर स्वतः अनुमोदन भएको निर्णय सभापति लक्ष्मणलाल कर्णले सुनाउने कार्यक्रम तय भएको छ । संसदीय सुनवाइको प्रचलन आएपछि कुनै पनि उजुरी नपरेका श्रेष्ठ सर्वोच्च अदालतका लागि एक्ला न्यायाधीश हुन् ।